मकवानपुरको २० वटा वडाको मतपरिणाम सार्वजनिक
१ जेठ, हेटौँडा । मकवानपुर जिल्लाको १० वटा स्थानीय तहका एक सय २ वटा वडाहरु मध्ये २० वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
मतपरिणाम अनुसार नेपाली कांग्रेसले ८ वटा वडामा जितेको छ भने ७ वटा वडामा माओवादी केन्द्र र ४ वटा एमालेले जित हासिल गरेको छ । अहिलेसम्म मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको १, २, १८ र १९ को मतगणना चलिरहेको छ । कुनैपनि वडाको अन्तिम परिणाम सार्वजनिक भएको छैन ।
नेपाली कांग्रेस विजयी भएको वडाहरुः
इन्द्रसरोबर–१ मा सुवास थापा
इन्द्रसरोबर–२ मा सुमन श्रेष्ठ
मकवानपुरगढी–१ मा आइत सिंह लो
मकवानपुरगढी–८ मा कुमार घिसिंङ
भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान
कैलाश–१ मा तेज बहादुर ब्लोन
कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ
मनहरी–१ मा शिव प्रसाद खनाल
राक्सिराङ–२ मा बुद्धराम मुक्तान
नेकपा माओवादी केन्द्र विजयी भएको वडाहरुः
थाहा–१ म हेरमान गोपाली
मनहरी–२ मा राजकुमार पाख्रीन
बागमती–१ म यहुन्ना राई
भीमफेदी–३ मा पृति लाल लामा
थाहा–२ मा बमबहादुर सिंतान
बकैया–१ म आशिश तितुङ
बकैया–२ मा विश्वराज स्याङतान
नेकपा एमाले विजयी भएको वडाहरुः
राक्सिराङ–१ म बाबीराम मुक्तान
कैलाश–१० मा सूर्य बहादुर ब्लोन
भीमफेदी–२ मा काशी राम बज्यु
भीमफेदी–४ मा सागर पाण्डे













