हेटौंडाको १, २, १८ र १९ नं. वडाको मतगणना सुरु

स्वर्णिम खबर
३१ बैशाख २०७९, शनिबार ०९:१०

३१ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको चार वटा वडाको एकैपटक मतगणना सुरु भएको छ ।
हेटौंडा वडा नम्बर–१, २, १८ र १९ को मतगणना सुरु भएको हो । हेटौंडाको सिद्धार्थ माध्यमिक बिद्यालयमा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । मतगणनास्थलमा सुरक्षा व्यवस्थाको लागि तारजालीको प्रबन्ध मिलाइएको छ भने पारदर्शीतालाई मध्येनजगर गर्दैै सिसिटिभी क्यामेरा जडान गरिएको छ । हेटौंडामा कुल १ लाख ४ हजार ४ सय ७३ मतदाता रहेकोमा ७३ हजार ४ सय १४ जनाले मतदान गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*