मकवानपुर जिल्लामा मतदान सुरु, मतदाताको उत्साहजनक सहभागिता

स्वर्णिम खबर
३० बैशाख २०७९, शुक्रबार ०७:१०

३० वैशाख, हेटौँडा । मकवानपुरका १० स्थानिय तहमा मतदान प्रक्रिया शुरु भएको छ ।
एकसय दुई वडा रहेको मकवानपुरमा ३६५ मतदान केन्द्र रहेको छ । मकवानपुरका बिभिन्न मतदान स्थलवाट मतदान प्रक्रिया शुरुभए संगै मतदाताहरुको उल्लेख्य सहभागिता रहेको छ । मकवानपुर जिल्लामा दुई लाख ९४ हजार १९ मतदाता रहेका छन् । जसमा १ लाख ४९ हजार ९ सय ५४ जना पुरुष मतदाता रहेका छन् भने १ लाख ४४ हजार नौ सय ५९ महिला मतदाता रहेका छन् । त्यसैगरि ६ जना अन्य मतदाता रहेका छन् । यसैबीच नेकपा एमालेबाट हेटौंडाको मेयरको उम्मेदवार अनन्त पौडेलले मतदान गर्नुभएको छ । उहाँले हेटौंडा–९ स्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।


यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पनि मतदान गर्नुभएको छ । उहाँले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ स्थित वंशगोपाल माध्यमिक विद्यालय स्थित मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।


बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गर्नुभएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं ११ का मतदाता रहेका पौडेलले श्री त्रिभुवन उच्च माध्यमिक विद्यालयमा गएर मतदान गर्नुभएको हो ।


त्यस्तै बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विहानै मतदान गर्नुभएको छ । हेटौंडा–१३ स्थित कालिका आधारभूत मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो ।
नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलका नेता तथा पुर्व गृहराज्यमन्त्री ईन्द्र बहादुर बानियाँले मतदान गर्नुभएको छ । स्थानीय तहको जनप्रतिनिधि चयन गर्ने निर्वाचन अन्तर्गत बानियाँले हेटौंडा–१८ स्थित कमला आधारभूत विद्यालय ‘क’ केन्द्रबाट मतदान गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*