स्थानीय तह निर्वाचनः मकवानपुरमा तीन हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

स्वर्णिम खबर
२७ बैशाख २०७९, मंगलवार १५:२६

२७ वैशाख, हेटौँडा । मकवानपुरमा निर्वाचनको सुरक्षाको लागि तीन हजार दुई सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निर्वाचनलाई सुरक्षित तरिकाले सम्पन्न गराउनको लागि तीन हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । निर्वाचन सुरक्षाका लागि एक हजार चार सय ७३ जना म्यादी प्रहरी, पाँच सय जना नेपाली सेना, चार सय जना सशस्त्र प्रहरी र नौ सय जना नेपाल प्रहरी खटाइएको पाण्डेले बताए । मतदान केन्द्रको सुरक्षाको लागि भित्री सुरक्षामा प्रहरी र मतदान केन्द्र बाहिर सेना खटाइनेछ । मकवानपुर जिल्लामा दुई लाख ९४ हजार नौ सय १९ जना मतदाता रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*