मकवानपुरमा १ हजार ८ सय कर्मचारीहरु मतदान केन्द्रमा खटिए

स्वर्णिम खबर
२७ बैशाख २०७९, मंगलवार ११:५०

२७ वैशाख, हेटौँडा । मकवानपुर जिल्लाको दश वटा स्थानीय तहमा निर्वाचन सम्पन्न गराउन १ हजार ८ सय कर्मचारीहरु मतदान केन्द्रमा खटिइरहेका छन् ।
जिल्लाको दश वटा स्थानीय तहका एक सय २ वटा वडामा रहेका एक सय ६५ मतदान केन्द्रमा रहेका ३ सय ६५ मतदान स्थलमा मतदान अधिकृत सहितका कर्मचारीहरु मंगलबारसम्म खटिने भएका हुन् । जिल्लाको विकट गाउँपालिकाका मतदान केन्द्रमा भने सोमबार नै मतदान अधिकृतहरु खटिइसकेका छन् । मतदानका लागि चाहिने सामान लिएर मतदान अधिकृतहरु सम्वन्धीत सबै मतदान केन्द्रमा मंगलबार बेलुकीसम्म पुगिसक्नुपर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आइतबार र सोमबार दिनभर नै कर्मचारीहरु निर्वाचन कार्यालयमा मतपेटीका, मतपत्र लगायतका आवश्यक सामाग्री बुझ्नमा व्यस्त रहेका थिए ।
समयसिमाभित्रै जिल्लाका ३ सय ६५ मतदान केन्द्रमा खटिनुपर्ने भएकाले पनि कर्मचारीहरुलाई मतपेटीका, मतपत्र, लगायतका सामाग्री बुझ्नका लागि भ्याइ नभ्याइ रहेको छ । मंगलबार बेलुका सम्म कर्मचारीहरुले त्यहाँ पुगेर कार्यतालिका अनुसार काम गर्न थाल्ने सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिनुभयो । यसपछि मतदान केन्द्र तथा स्थलहरुको अनुगमन तथ निरिक्षण, आचारसंहिता पालना भए नभएको हेर्नेगरि तालिका अनुसार काम अघि बढाइने सहायक निर्वाचन अधिकृत शर्माले बताउनुभयो ।
३ सय ५६ मतदान केन्द्रमा खटिने कर्मचारीलाई मतदान केन्द्रको व्यवस्थापन, मतदान कार्यलाई व्यवस्थित गर्ने जस्ता कार्यहरुबारे तालिम दिईएको छ । मकवानपुरमा ५ सय सम्म मतदाता रहेको मतदान केन्द्रमा ७ जना निर्वाचन अधिकृत र ५ सयभन्दा बढी मतदाता रहेको मतदान केन्द्रमा निर्वाचन अधिकृतसहित ८ जना कर्मचारी टोलि खटिइरहेका छ । शुक्रबार हुने निर्वाचनमा मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ जनाले मतदान गर्दैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*