हेटौँडाको मेयरमा कांग्रेसको दाबी, आनन्दराम पराजुली सहित ३ जनाको नाम सिफारिस

स्वर्णिम खबर
५ बैशाख २०७९, सोमबार १८:३८

५ वैशाख, हेटौँडा । नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिले मेयर पदमा एक महिला र दुई पुरुष सहित ३ जनाको नाम सिफारिस गरेको छ ।
सोमबार बसेको नगर कार्य समितिको बैठकले मेयरमा आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको हो । त्यसैगरी उपप्रमुखमा ३ जना महिलाको नाम सिफारिस गरेको छ । बैठकले अमृता थापा इन्दिरा न्यौपाने र तारा राई कार्कीको नाम उपमेयरमा सिफारिस गर्ने निर्णय गरेको हो । नगर कार्य समितिले प्रमुख र उपप्रमुखको नाम कांग्रेस मकवानपुर क्षेत्रीय कार्य समिति र जिल्ला कार्य समितिलाई सिफारिस गरिएको कांग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनीले बताउनुभयो । नगर कार्य समितिको बैठकले हेटौंडा उपमहानगरको प्रमुखको नेतृत्व कांग्रेसले पाउनुपर्ने निर्णय समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*