वडा अध्यक्ष खड्काको समर्थनमा स्थानीयले निकाले जुलुस

स्वर्णिम खबर
१७ चैत्र २०७८, बिहीबार १८:३८

१७ चैत्र, हेटौँडा । १४ नम्बर वडाका स्थानीय बासिन्दाले वडा अध्यक्ष दिपक खड्काले गठन गरेको उपभोक्ता समितीले विकास निर्माणको काम गर्नुपर्ने भन्दै बिहीबार अध्यक्षको समर्थनमा जुलुश निकालेका छन् ।
अहिलेसम्म वडाको विकासमा अध्यक्षले पु¥याएको योगदानको कदर गर्दै समर्थनमा स्थानीय बासिन्दाले समर्थन जुलुश निकालेका हुन् । बागमती प्रदेश सरकारले उपलब्ध गराएको ५ लाखको ५ वटा योजना समयमै सम्पन्न गर्न स्थानीयले अध्यक्ष खड्कालाई ज्ञापनपत्र बुझाएका हुन् । अध्यक्ष खड्काले योजनका काम समयमै सम्पन्न गर्न स्थानीय बासिन्दाकै सहभागितामा कानून अनुसार नै उपभोक्ता समिती गठन गरेको बताउनुभएको छ । केही राजनितीक दलले भने अध्यक्षले एकलौटी गरेको भन्दै बिरोध गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*