स्थानीय तह निर्वाचनको लागि निर्वाचन परिचालन कमिटी गठन

स्वर्णिम खबर
१७ चैत्र २०७८, बिहीबार १८:३५

१७ चैत्र, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी समाजवादी, मकवानपुरले स्थानीय तह निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
स्थानीय चुनावमा आफ्नो प्रभाव बढाउनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको हो । जिल्ला कमिटी बैठकले पार्टीका बागमती प्रदेश सह–इन्चार्ज तथा मकवानपुर जिल्ला इञ्चार्ज केदारनाथ दुलालको संयोजकत्वमा एक हजार एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बैठकले हेटौंडा उपमहमनगरपालिकाको मेयर पदमा रोमनाथ हुर्तेललाई उठाउने निर्णय गरेको छ । त्यस्तै उप–मेयरमा निशा लामालाई उठाउने बैठकको निर्णय रहेको छ । बैठकले मनहरी गाउँपालिकाको अध्यक्षको उम्मेदवार चन्द्र गहतराजलाई बनाउने निर्णय गरेको मकवानपुर इन्जार्ज दुलालले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*