कानुन सम्मत रुपमै उपभोक्ता समिति गठन गरेको वडा अध्यक्षको दाबी

स्वर्णिम खबर
१६ चैत्र २०७८, बुधबार १९:२५

१६ चैत्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडानम्बर–१४ का वडा अध्यक्ष दिपक खड्काले कानून सम्मत रुपमै उपभोक्ता समिति गठन गरेको बताउनुभएको छ ।
बागमती प्रदेश सरकारले वितरण गरेको ५ लाखको योजना कार्यान्वयनका लागि उपभोक्ता समिती गठन भएपछि सत्ता गठबन्धन पार्टीका वडा तहका नेता कर्याकर्ताहरुले असन्तुष्टी जनाएका छन् । उपभोक्ता समिती गठनका विषयमा वार्ता गर्न आउँदा सत्ताधारी दलका नेता कार्यकर्ता ताल्चा बोकेर आएको उहाँले बताउनुभयो । प्रेस चौतारीसंगको भेटमा वडा अध्यक्ष खड्काले वडाकै बासिन्दा राखेर आफुले उपभोक्ता समिती गठन गरेको बताउनुभयो । छलफल र भेला बिनै उपभोक्ता समिति गठन भएको भन्दै सत्ता गठबन्धन दलका नेता कार्यकर्ताहरुले बिरोध गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*