हेटौंडाको हुप्राचौरमा बहुउद्देश्यीय भवनको शिलान्यास

स्वर्णिम खबर
११ चैत्र २०७८, शुक्रबार १२:५५

११ चैत्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौरमा निर्माण सुरु भएको बहुउद्देश्यीय भवनको शिलान्यास गरिएको छ ।
शुक्रबार एक कार्यक्रमको बीच उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले भवनको शिलान्यास गर्नुभएको हो । कार्यक्रममा बोल्नुहुँदे मेयर महतले आफुले चुनाब उठ्नु भन्दा अगाडि आम जनतामाझ घोषणापत्र घोषणा पत्र मार्फत उल्लेख गरेअनुसारनै भवन निर्माण गर्न लागिएको बताउनुभयो । ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको ११ तले भवनमा भ्युटाओर सहितको बहुउद्देश्यीय भवन बन्ने मेयर महतले जानकारी दिनुभयो । यस भवन निर्माण भएपछी उपमहानगरपालिकाको आन्तरिक श्रोतमा धेरै बृद्धी हुने मेयर महतले दाबी गर्नुभयो । कुल लागतमा ३८ दशमलब २८ प्रतिशत घटेर लामा, रसुवा, बानियाँ जेभीले ठेक्का प्राप्त गरेर काम सुरु गरेको हो ।


११ तले भवनमा सबै भन्दा मुनी दुई तलाको अण्डरग्राउण्ड, चारतिरबाट लिफ्ट, दुइवटा भ¥याङ, सबै भन्दा माथी भ्यूटावर निर्माण गरिने उपमहानगरपालिकाका उपमहानगरपालिका योजना महासाखाका प्रमुख सत्यनारायण साहले बताउनुभयो । तीन वर्षमा काम सक्नेगरी ठेक्का दिइएको साहले बताउनुभयो । उपमहानगरपालिकाबाट लिएको काममा गुणस्तर कायम गर्दै समयमा नै सकाउने लामा, रसुवा, बानियाँ जेभीका संचालक ऋसी बानियाँले बताउनुभयो ।


हेटौंडा–४ का वडा अध्यक्ष नबिन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१० का वडा अध्यक्ष किताबसिंह लामा, हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्का, उपमहानगरपालिकाका महाशाखाका प्रमुखहरु, कर्मचारीहरु, समाजसेवीहरु लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*