टिम टेलिभिजनले मनायो होली

स्वर्णिम खबर
३ चैत्र २०७८, बिहीबार १८:३८

३ चैत्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १ स्थित टिम टेलिभिजन र सामुदायिक भिजन प्रा.लि.को संयुक्त आयोजनामा बिहिबार होली विशेष कार्यक्रम सम्पन्न भएको छ ।
हेटौंडा ९ स्थित श्रेणी बालुवा प्रशोधन इण्डष्ट्रिजको मुख्य प्रायोजक एवम् हेटौंडा १० मा रहेको केदारनाथ सुनचाँदी पसलको सहयोगमा होली विशेष कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा टेलिभिजनका अध्यक्ष नवराज खतिवडाले होलीको शुभकामना दिनुहुँदै सभ्य र भव्य तरिकाले होली मनाउन सबैलाई आग्रह गर्नुभयो । यस्तै प्रेस युनियनका केन्द्रिय सदस्य गिरिजा अधिकारी, प्रेस चौतारी बागमती प्रदेशका महासचिव प्रकाश दाहाल, एकीकृत समाजवादीका प्रचार विभागका केन्द्रिय सदस्य रामकुमार एलन, पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम, टेलिभिजनका स्टेशन म्यानेजर रामशरण दुलाल, समाचार प्रमुख बालकृष्ण अधिकारी लगायतले सञ्चारकर्मीहरुबीच होली पर्वले भाइचाराको सम्बन्ध थप विकसित हुँदै गएको बताउनुभयो । यस्तै कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक सामग्रीहरु पनि प्रदर्शन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*