बन्दले मकवानपुरको जनजीवन अस्तव्यस्त, मुख्य चोकहरुमा सुरक्षाकर्मीहरुको तैनाथ

स्वर्णिम खबर
३० कार्तिक २०७८, मंगलवार १२:०८

३० कात्तिक, हेटौँडा । पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दले मकवानपुरको जनजीवन अस्तव्यस्त भएको छ ।
बिशेषगरी हेटौंडा बजार क्षेत्रका पसलहरु खुलेका छैनन् । भित्री सडकका पसलहरु आंशिक रुपमा खुलेका छन् । मकवानपुर जिल्ला भएर जाने लामो र छोटो दुरीका सवारी साधनहरु नचल्दा यात्रुहरुको विचल्ली भएको छ तर साना सवारी साधनहरु भने चलेका छन् । अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु भने निर्वाध गुडिरहेका छन् । यस्तै बिहान देखि नै हेटौंडा बजारको मुख्य चोकहरुमा सुरक्षाकर्मीहरुको तैनाथ गरिएको छ । प्रहरीले फाट्टफुट्ट सार्वजनिक गाडी चलिरहेको पनि जनाएको छ । सार्वजनिक गाडीको संख्या कम भए पनि निजी गाडी भने सामान्य रुपमा चलिरहेका छन् । यस्तै देशभरीका जिल्लाबाट बन्द गराउन सडकमा उत्रेका नेकपा ३४ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*