सेनाद्वारा फूलपाती हर्ष बढाइँ

स्वर्णिम खबर
२६ आश्विन २०७८, मंगलवार १८:३४

२६ असोज, काठमाडौँ । नेपालीहरुको महान चाड विजया दशमी (दशैँ) को सातौँ दिन मंगलवार सैनिक मञ्च टुँडिखेलमा फूलपाती हर्ष बढाइँ गरिएको छ ।
आज (मंगलवार) सैनिक मञ्च टुँडिखेलमा फूलपातीको अवसरमा फूलपाती हर्ष बढाइँ गरिएको हो । आज बिहान दशैँघरमा फूलपाती भित्र्याएपछि नेपाली सेनाले हर्ष बढाइँ गरेको हो । टुँडिखेलमा अयोजित फूलपाती हर्ष बढाइँ कार्यक्रममा सेनाको सलामी लिनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुभएको थियो । संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति नेपाली सेनाको परमाधिपति भएकोले राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकट्ठा बढाइँ गरेको छ । बढाइँ कार्यक्रममा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायतको उपस्थिती थियो । कोरोना संक्रमण महामारीको कारण यस वर्ष पनि बढाइँ कार्यक्रम छोटो बनाइएको थियो भने उपस्थितहरुलाई स्वास्थ्यका मापदण्ड पालना गराइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*