मकवानपुरमा आइतबार ५० जना कोरोना संक्रमित थपिए, १ सय ५८ जना संक्रमणमुक्त

स्वर्णिम खबर
६ असार २०७८, आईतवार १८:१९

६ असार, हेटौँडा । मकवानपुरमा आज थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४९ जनाको पीसीआर परिक्षणबाट १० जनामा र ६९ जनाको एन्टीजेन परिक्षणबाट ४० जना गरी ५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट ११८ जनामा कोरोना जाँच गरिएको थियो । यो संगै हालसम्म मकवानपुरमा कुल कोरोना संक्रमितको संख्या १० हजार ३ सय ३४ पुगेको छ ।
यस्तै आइतबार १ सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । होम आइसोलेशनबाट १ सय ३१ र संस्थागत आइसोलेशनबाट २७ जना गरी १ सय ५८ जना संक्रमणमुक्त हो । हालसम्म मकवानपुरमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ हजार १ सय ३९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म मकवानपुरमा १ सय १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*