मकवानपुरमा मंगलबार १ सय ४४ जनामा कोरोना, १ सय ५१ जना संक्रमणमुक्त
१८ जेठ, हेटौँडा । मकवानपुरमा मंगलबार थप १ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
३ सय ४३ जनामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप १ सय ४४ जनामा कोरोना कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमित हुनेहरुमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका भित्रका ४८ जना रहेका छन् । त्यस्तै राक्सिराङ गाउँपालिकाका २६ जना, मनहरी गाउँपालिकाका २५ जना, थाहा नगरपालिकाका २३ जना, बकैया गाउँपालिकाका १६ जना, भीमफेदी गाउँपालिकाका४ जना, मकवानपुरगढी र बागमती गाउँपालिकाका १–१ जना रहेका छन् । यो संगै मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेहरुको संख्या ८ हजार ७ सय ८९ पुगेको छ । यसैगरि जिल्लामा आज १ सय ५१ जनाले कोरोना जितेका छन् । यो संगै जिल्लामा कोरोना जित्नेको संख्या ६ हजार ४ सय ७६ पुगेको छ । आज कोरोना जित्नेहरुमा हेटौंडाका १ सय २९ जना, भीमफेदीका ६ जना,मनहरीका ४ जना,कैलाश र राक्सिराङका ३÷३ जना,मकवानपुरगढी र बागमतीका २ २ जना,थाहा र बकैयाका १÷१ जना रहेका छन् । यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–८ की ७५ वर्षीया महिला र हेटौंडा–११ की ७८ वर्षीया महिला रहेका छन् । उनिहरुको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९४ जना पुगेको छ ।













