तत्काल लकडाउन नहुने अर्थमन्त्रीको स्पष्टोक्ती

स्वर्णिम खबर
१२ चैत्र २०७७, बिहीबार १८:२५

१२ चैत्र, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पार्नुभएको छ ।

कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने तर लकडाउन र सीमा नाका बन्द नगरिने बताउनुभएको हो । अर्थमन्त्री पौडेलले सीमा नाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको पनि स्पष्ट पार्नुभयो ।अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि बताउनुभयो । सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको र बजेटको तयारी पनि शुरु भइसकेको बताउनुभयो । कोभिड पछिको आर्थिक पुनरउत्थान, रोजगारी सिर्जना लगायतका विषयमा केन्द्रीत भएर बजेट आउने पनि अर्थमन्त्री पौडेलले दाबी गर्नुभयो ।कोरोना भ्याक्सिन खरिदका लागि बजेटको अभाव हुन नदिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पार्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*