सुचनाको हकको दुरुपयोगलाई रोक्नुपर्छः सञ्चारमन्त्री गुरुङ
९ चैत्र, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सुचनाको हकको दुरुपयोगलाई रोक्नुपर्ने बताउनुभएको छ ।
सोमबार राष्ट्रिय सुचना आयोगले गरेको विभिन्न भाषाका सञ्चारकर्मीहरुसँग सुचनाको हक सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपालमा गलत नियतबाट सुचनाको हकको प्रयोग गरीएकाले दुरुपयोगलाई रोक्नुपर्ने बताउनुभएको हो । सुचनाका हकका अभियन्ताहरुले नै सुचना लुकाउने गर्नाले समाजमा सुचना प्रवाह हुन नसकेको पनि उहाँको भनाई छ । सुचनाको हकको प्रयोगको नाममा समाजमा विकृति, बिसंगति तथा अराजकता ल्याउने र ठगि गर्ने गरिएको भन्दै यस्तो परिस्थितिको अन्तय गरिनुपर्ने उहाँले बताउनुभयो । मन्त्री गुरुङले सञ्चारकर्मीहरुले पनि सकारात्मक सुचना दिनेभन्दापनि समाजलाई अप्रिय घटना घटाउने खालका सुचना दिने र व्यक्तिको सुचनालाई मानव अधिकारविपरित प्रयोग गर्ने गरेकाले त्यसलाई पनि अन्त्य गर्नुपर्ने उहाँको भनाई छ । मन्त्री गुरुङले सुचनाको हकको गलत प्रयोगप्रति राष्ट्रिय सुचना आयोग सचेत रहनुपर्ने बताउनुभयो । समाजलाई उत्तरदायी, जवाफदेही र जिम्मेवार बनाउन आयोगको भुमिका हुनुपर्ने उहाँको भनाई छ ।













