हेटौंडा–६ चौघडा कालिपोखरीमा सप्ताह ज्ञान महायज्ञ सुरु

स्वर्णिम खबर
२२ बैशाख २०८३, मंगलवार १८:२९

२२ वैशाख, हेटौँडा । मकवानपुरको हेटौंडा–६ चौघडा कालिपोखरीमा वैशाख २२ गतेदेखि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।
डोलेश्वर महादेव पाथीभरा महाकाली रक्त दन्तिका दिव्य शक्तिधाम व्यवस्थापन समितिको आयोजनामा मन्दिर निर्माण तथा आवश्यक भूमि खरिद गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएको हो । धार्मिक आस्था र सामाजिक एकताको सन्देश फैलाउने लक्ष्यसहित सुरु गरिएको यस महायज्ञले स्थानीय स्तरमा उत्साह थपेको छ । महायज्ञको उद्घाटन गर्दै नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक एकलाल श्रेष्ठले धर्म, संस्कार र परम्पराले समाजलाई एकताबद्ध बनाउने महत्वपूर्ण भूमिका खेल्ने बताउनुभया । उहाँले धार्मिक कार्यक्रमहरूले मानिसहरूबीच आपसी सहयोग, सद्भाव र सहकार्यको भावना विकास गराउने उल्लेख गर्दै मन्दिर निर्माण कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, यस्ता धार्मिक अभियानहरूले समाजलाई सकारात्मक दिशामा अघि बढाउन मद्दत पुग्ने उहाँको भनाइ थियो ।


कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्र्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले धार्मिक आस्थासँगै सामाजिक उत्तरदायित्व पूरा गर्ने अभियानका रूपमा महायज्ञलाई लिएका बताएका छन । कार्यक्रम समितिका अध्यक्ष शोभा घिमिरेको सभाध्यक्षतामा सञ्चालन भइरहेको सप्ताहमा दैनिक रूपमा भागवत वाचन, धार्मिक प्रवचन तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ ।
वैशाख ३० गतेसम्म सञ्चालन हुने महायज्ञमा पण्डित बद्री विशाल शास्त्री ढुंगानाले कथा वाचन गर्नुुहुनेछ । आयोजकका अनुसार महायज्ञबाट संकलित रकम मन्दिर निर्माण र भूमि व्यवस्थापनमा खर्च गरिनेछ । त्यसअघि कलशयात्राले चौघडा बजार परिक्रमा समेत गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*