बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

स्वर्णिम खबर
२१ बैशाख २०८३, सोमबार १४:४८

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ ।
अवैध सम्पत्ति लुकाएका आशंका सम्पत्ति शुद्धीकरण विभागले मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सोमबार छापा मारेको हो । हेटौंडा ५ सानोपोखरा स्थित बानियाँ निर्माण सेवा (बीएनएस), त्यहीँ रहेको घरमा छापा मारेर कागजपत्र लिएर गएको छ । काठमाडौंको नक्साल र सुन्धारामा पनि विभागले छापा मारेको हो ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँ केही वर्षअघिसम्म निर्माण व्यवसायी कम्पनीमा आबद्ध हुनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*