बोल्दाबोल्दै माइक काट्दैनौँः सभापति लामिछाने

स्वर्णिम खबर
१९ चैत्र २०८२, बिहीबार १५:१४

१९ चैत्र, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदलाई स्वस्थ बहसको थलो बनाउनुपर्नेमा जोड दिँदै प्रतिपक्षको आवाजलाई कमजोर हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । लोकतन्त्रको रक्षाका लागि प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ । उहाँले प्रतिपक्षीलाई उपेक्षा गर्दा लोकतान्त्रिक व्यवस्था कमजोर हुने भन्दै जेन–जी आन्दोलनको समेत स्मरण गराउनु भयो । उहाँले विगतमा प्रतिपक्षी दलका नेताहरुमाथि प्रतिशोध साँध्नकै लागि कानून संशोधन र अध्यादेश नै ल्याइएको भन्दै त्यस्ता कानूनी छिद्रहरु तत्काल सच्याउने वाचा पनि गर्नुभयो । उहाँले प्रतिपक्षी दलहरुमाथि अहंकार र प्रतिशोधको अध्याय दोहोरिन नदिने पनि स्पष्ट पार्नुभयो । उहाँले संसद् र सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकै भरमा कसैको माइक नकाट्ने पनि उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी प्रतिपक्षको आवाज कमजोर हुन दिने छैनौँ । किनकी प्रतिपक्षको आवाज कमजोर बनाइयो र उपेक्षा गरियो भने लोकतन्त्र कमजोर हुनेछ । यो हामीले अस्ति भर्खरै देखिसक्यौँ । यो संसद बहसको थलो हुनेछ, प्रतिशोधको होइन । हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानून नै संशोधन गरिएको छ र अध्यादेश समेत ल्याइएको छ । त्यस्ता कुरा यथाशिघ्र सच्याइने कुरा म यो सम्मानित सदनलाई जानकारी गराउन चाहान्छु । प्रतिपक्षीमाथि अहंकार प्रतिशोधको त्यो अध्याय दोहोरिने छैन । आस्थाका आधारमा फरक व्यवहार हुनेछेन् । अब कसैका कुरा नसुनौँ भनेर कसैको माइक काटिने छैन ।’
यद्यपि सुशासनको वेग भने नरोकिने उहाँको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*