हेटौंडा ९ मा मोटरसाइकल ठक्करपछि ट्रकमा ठोक्किँदा एकको मृत्यु

स्वर्णिम खबर
१८ चैत्र २०८२, बुधबार १३:३७

१८ चैत्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ गुम्बाचोकस्थित पूर्व–पश्चिम सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत् हेटौंडा ९ एचआइडीकी २० वर्षीय एकता वैद्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्रदेश ३–०२–००७ प ७६८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ४४ प ९३५४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किर दुर्घटना हुँदा सडकमै गुडिरहेको ना ६ ख ३१४५ नम्बरको सिमेन्ट बोकेको ट्रकमा ठोक्किन पुग्दा वैद्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
त्यसैगरी हेटौंडा–४ कर्राका१९ वर्षीय रोनिक कार्की र चितवन इच्छाकामना गाउँपालिका–५ बदेलटारका २१ वर्षीय पुष्पालाल गुरुङ घाइते भएका छन् । दुर्घटनामा संलग्न दुबै मोटरसाइकल, ट्रक तथा ट्रक चालक बाँके कोहलपुर नगरपालिका–१४ का करिब ३३ वर्षीय बद्री गडरिया जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*