एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

स्वर्णिम खबर
१८ चैत्र २०८२, बुधबार १८:२०

१८ चैत्र, काठमाडौँ । नेकपा एमालेको संसदीय दलको पहिलो ऐतिहासिक बैठकले उपाध्यक्ष रामबहादुर थापालाई सर्वसम्मतिले संसदीय दलको नेता चयन गरेको छ ।
नयाँ निर्वाचनपछिको पहिलो बैठकले थापालाई दलको नेतृत्व गर्ने जिम्मेवारी सुम्पेको हो । संसदीय दलका नेता थापाकाअनुसार बैठकले संसदीय प्रक्रियालाई प्रभावकारी आगामी २१ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुवै सदनका सदस्यहरूका लागि एक विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरिनेछ ।
यस कार्यक्रमले नयाँ र पुराना सांसदहरूलाई संसदीय मर्यादा र प्रक्रियाबारे प्रशिक्षित गर्ने लक्ष्य राखेको छ । त्यसैगरी, संसदमा दर्ता हुने र छलफलमा आउने विधेयकहरूलाई गहन अध्ययन गर्न र पार्टीको धारणा तय गर्न एमालेले विज्ञहरूसहितको ७ सदस्यीय कार्यदल गठन गरेको छ । यो कार्यदलले विधेयकहरूमाथि विज्ञहरूसँग परामर्श गरी संसदीय दललाई सुझाव दिनेछ ।
बैठकले संसदीय मोर्चालाई पार्टीको नीति र घोषणापत्र अनुसार अगाडि बढाउने संकल्प समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*