मकवानपुर २ मा रास्वपाका प्रशान्त उप्रेती निर्वाचित

स्वर्णिम खबर
२४ फाल्गुन २०८२, आईतवार ०९:३६

२४ फागुन, हेटाैडा । कम्युनिष्ट पार्टीको गढ मानिने मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती विजयी हुनुभएको छ।

उप्रेतीले ३० हजार ५० मत प्राप्त गर्दै ११ हजार १ सय १ मतान्तरले विजय हासिल गर्नुभएको हो । आइतबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका महेश वर्तौलाले १८ हजार ८ सय ४६ मत प्राप्त गर्नुभयो।

नेपाली काँग्रेसका बुद्ध लामा ले १५ हजार ५६ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका लवशेर विष्ट ले १२ हजार ४ सय ९२ मत प्राप्त गर्नुभएको छ । ६२ वडा रहेको यस क्षेत्रमा कुल ९१ हजार २ सय ४१ मत खसेको थियो । २०४६ सालको जनआन्दोलनपछि २०४८ सालदेखि यस क्षेत्रमा भएका निर्वाचनहरूमा कम्युनिस्ट उम्मेदवारहरू नै लगातार विजयी हुँदै आएका थिए। २०४८, २०५१ र २०५६ सालको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका थिए ।२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) का उम्मेदवार विजयी भएका थिए भने २०७० सालको संविधानसभा निर्वाचनमा पुनः एमालेकै उम्मेदवार विजयी भएका थिए ।संघीयता कार्यान्वयनपछि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि एमालेकै उम्मेदवार विजयी भएका थिए। त्यसैगरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका महेश वर्तौला विजयी हुनुभएको थियो।प्रतिनिधिसभा सदस्य उम्मेदवार मध्य उप्रेती सबै भन्दा कान्छा उम्मेदवार हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*