सडक विस्तार कार्य रोकिँदैनः सडक डिभिजन

स्वर्णिम खबर
२० मंसिर २०८२, शुक्रबार १७:२९

१९ मंसिर, हेटौँडा । सडक डिभिजन कार्यालय हेटौंडाले सडक विस्तार कार्य नरोक्ने स्पष्ट पारेको छ ।
हेटौँडा बजार क्षेत्रको सडक विस्तार योजनालाई लिएर उत्प्रेषणको रिट दायर भएपछि सर्वोच्च अदालतले सडक विस्तार कार्यमा कारण देखाऊ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेशमार्फत संरचना नहटाउन आदेश दिएपनि कार्यालयले मंसिर २० गतेबाट हेटौंडाको सडक विस्तार हुने जनाएको छ । कार्यालयले शुक्रबार एक सुचना जारी गर्दै आधिकारिक निकायबाट सडक विस्तार रोक्नु भन्ने पत्र नआएकोले सडक विस्तार कार्यले निरन्तरता पाउने स्पष्ट पारेको छ ।
यसअघि कार्यालयले मंसिर ५ गते हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउन दिएको १५ दिने अल्टिमेटम सकिएको छ ।
सडक डिभिजन हेटौंडाले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५÷२५ गज (७५÷७५ फिट) विस्तार गर्न लागेको हो ।
सडक डिभिजनले सर्वोच्च अदालतको आदेशलाई सम्झाउँदै घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*