मंसिर १९ र २० गते स्क्रायबल प्रतियोगिता हुने

स्वर्णिम खबर
१९ मंसिर २०८२, बिहीबार १८:००

१८ मंसिर, हेटौँडा । हेटौंडामा राष्ट्रिय स्तरको ११ औं स्क्रायबल प्रतियोगिता हुने भएको छ ।
हेटौंडा–२ स्थित बाल जागृति इङ्गलिस बोर्डिङ स्कुलको आयोजना तथा स्क्रायबल क्लब अफ नेपालको संयोजनमा आगामी मंसिर १९ र २० गते प्रतियोगिता आयोजना गर्न लागिएको विहिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । शुक्रबार र शनिबार दुईदिन सम्म चल्ने प्रतियोगितामा मकवानपुर, चितवन, काठमाडौँ, भक्तपुर लगायतका २५ बढी जिल्लाहरुबाट गरी एक सय विद्यार्थीले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाइ १५ हजार, द्वितिय हुनेलाई १३ हजार र तृतीय हुनेलाई ११ हजार पुरस्कार राशीको व्यवस्था रहेको छ । साथै चौथो, पाचौं, छैटौं र सातौंलाई क्रमशः ९ हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कारको व्यवस्था रहेको छ । साथै आठौं, नवौं, दशौ र हुनेलाइ ३ हजार नगद पुरस्कारको व्यवस्था रहेको छ भने, एघारौं देखि पच्चीसौं हुनेलाइ २ हजार नगद पुरस्कार प्रदान गरिने जनाइएको छ ।
खेलबाट छनोट हुने उत्कृष्ट २५ जनाले अन्तर्राष्ट्रिय स्तरको खेलमा समेत सहभागिता जनाउने पाउने भएको छ । खेल सम्पन्न गर्न १३ लाख रुपियाँ लागत लाग्ने अनुमान गरिएको विद्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*