सडक विस्तारबाट विस्थापित व्यवसायीलाई व्यवस्थापन गर्न सकिन्छः उपमहानगर
१६ मंसिर, हेटौँडा । सडक डिभिजन कार्यालय हेटौंडाले २५–२५ गज सडक बिस्तार गर्दा बिस्थापित हुने ब्यबसायीलाई बजार क्षेत्रमा ब्यबस्थापन गर्न सकिने हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।
हेटौंडा बसपार्कमा रहेका ४० वटा सटरमा बिस्थापित ब्यबसायीलाई मकवानपुर उधोग वाणिज्य संघको समन्वयमा ब्यबस्थापन गर्न सकिने उपमहानगर स्रोतको दाबी छ । यस्तै हेटौंडा ११ स्थित तरकारी फलफुल तथा थोक बजारका लागि निर्माण भएका ६० वटा कोठामा समेत बिस्थापित ब्यबसायीलाई राख्न सकिने छ । यस्तै भुटनदेबी माध्यमिक विद्यालयले निर्माण गरेका खाली सटरमा समेत ब्यबस्थापन गर्न सकिने उपमहानगरपालिका स्रोतको दाबी छ ।
धेरै जसो ब्यबसायीले हेटौंडा बजार क्षेत्रमा २ वटा पसल राखेर ब्यवस्थापन गरिसकेको उपमहानगरपालिकाको दाबी छ । बजार क्षेत्र भत्कने हल्लासंगै लामो समयदेखि खाली रहेको नारायणी मल समेत ब्यबसायीले बुक गरिसकेका छन् ।
बजार क्षेत्रमा खाली रहेका सुपर मार्केटहरुमा समेत ब्यबसायीहरुलाई ब्यबस्थापन गर्न सकिने बताईएको छ । बिस्थापित ब्यबसायीहरुको पुनस्र्थापना लागि आबश्यक सहयोग र समन्वय गर्न मकवानपुर उधोग वाणिज्य संघलाई हेटौंडा उपमहानगरपालिकाले आग्रह गरेको छ ।













