हेटौंडामा सडक विस्तारका लागि रेखांकन कार्य सुरु

स्वर्णिम खबर
१२ मंसिर २०८२, बिहीबार १६:५४

११ मंसिर, हेटौँडा । सडक बिस्तार कार्यलाई अगाडी बढाउनका लागि बुधबार गठन गरिएको विशेष टास्क टिमले कार्य प्रारम्भ गरेको छ ।
टास्क फोर्सले बुधबारबाटै माइकिङसहित प्रारम्भिक कार्य सुरु गर्नुका साथै बिहीबारबाट सडक अतिक्रमण गरी निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना हटाउन रेखांकन र रङ लगाउने काम सुरु गरेको छ । टास्क टिमले हेटौँडा उपमहानगरपालिका– १५, रातोमाटेबाट रोखांकन कार्य सुरु गरेको हो । रातोमाटेबाट सुरु गरिएको सिमा क्षेत्र रेखांकन कार्य बुद्धचोकसम्म भएको छ । हेटौंडा उपमहानगरपालिका ९ मा विवाद भएपछि त्यहाँ रेखांका कार्य छोडेर कर्रा क्षेत्रमा रेखांकन गरिएको थियो ।
भोलीसम्म रेखांकन कार्य सक्ने टास्क टिमको तयारी रहेको छ । यसअघि सडक डिभिजन कार्यालय हेटौँडाले मंसिर ५ गते जारी गरेको १५ दिने सूचना यही मंसिर १९ गते सकिँदै छ । सो अवधि भित्र संरचना नहटाए मंसिर २० गते बिहानैदेखि डोजर परिचालन गरी सडक विस्तार अघि बढाइने डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख गुरु प्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चार विभिन्न स्थानबाट एकैपटक डोजर चलाइने तयारी रहेको छ । सडक विस्तारलाई व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले विशेष ‘टास्क फोर्स’ गठन गरेको थियो ।
सडक डिभिजन कार्यालयका इन्जिनियर यादव सुवेदी संयोजक रहेको उक्त समितिमा हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरणलगायतका प्रतिनिधिहरू समावेश छन् । टास्क फोर्सको कार्यालय सडक डिभिजन कार्यालयमै राखिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*