एन्फा प्रेसिडेन्ट कपः नव जनजागृतिको दोश्रो जीत, गाईघाट र हैरान्स बराबरी

स्वर्णिम खबर
२७ कार्तिक २०८२, बुधबार १९:०६

२६ कार्तिक, हेटौँडा । बाराको नव जनजागृति युवा क्लबले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट कपमा दोश्रो जित निकालेको छ ।
हेटौंडा ६ गौरीटार रंगशालामा बुधबार भएको पहिलो खेलमा दोलखाको टाइगर्स टिमलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै नव जनजागृति बिजयी भएको हो । नव जनजागृतिको तर्फबाट खेलको ६० औं र ८६ औं मिनेटमा प्रताप सिंह राई, ७८ औं मिनेटमा बिजय उर्नव र ८८ औं मिनेटमा सुजन डंगोलले गोल गरेका हुन् । खेलको प्लेयर अफ दि म्याच नव जनजागृतिका प्रताप सिंह राई घोषित भए । उनले नगद ५ हजार समेत प्राप्त गरे । त्यसैगरी बुधबार नै भएको उदयपुरको गाईघाट क्लब र तनँहुको हैरान्स क्लब बीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ । २–० को अग्रता जोगाउन नसक्दा गाईघाटले हैरान्ससंग बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलको पहिलो हाफमै सुदिप श्रेष्ठ र विश्वास उदासले गोल गर्दै गाईघाटलाई २–० को अग्रता दिलाएको थियो तर दोश्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै हैरान्सको तर्फबाट अनिश महर्जनले २ गोल गर्दै टोलीलाई हारबाट जोगाए । खेलको प्लेयर अफ दि म्याच अनिश महर्जन घोषित भए । लिगकम नकआउटका आधारमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । अन्तिम ४ मा पुग्ने टोली यही पुसमा हुने राष्ट्रिय लिगमा समेत सहभागि हुने पाउनेछ । मंसिर २ गतेसम्म हुने प्रतियोगिताको विजेता टोलीले १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*