कारागारबाट भागेका १६६ जना कैदीबन्दी मकवानपुरबाट नियन्त्रणमा

स्वर्णिम खबर
२६ भाद्र २०८२, बिहीबार १७:१०

२६ भाद्र, हेटौँडा । मकवानपुर सहित विभिन्न कारागारबाट भागेका कैदीबन्दीमध्ये हालसम्म एक सय ६६ जना मकवानपुरबाट नियन्त्रणमा लिइएको छ ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा उनीहरुलाई नियन्त्रणमा लिइएका हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको विवरण अनुसार, मकवानपुरको भीमफेदी कारागार कार्यालयबाट भागेका चार सय ४० जना कैदीबन्दी मध्ये ७८ जना नियन्त्रणमा लिइएको प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार अझै तीन सय ६२ जना फरार रहेका छ्न ।
त्यसैगरी, मकवानपुरकै बाल सुधार गृहमा रहेका ९४ मध्ये ७२ जना बालक फरार भएका थिए । तीमध्ये ४१ जना नियन्त्रणमा लिइिएका छ भने ३१ जना अझै बेपत्ता रहेका छ्न । यस्तै काठमाडौंस्थित डिल्लीबजारको नख्खु कारागारबाट भागेका मध्ये ७ जना, जगन्नाथदेवलस्थित केन्द्रीय कारागारबाट २ जना, कास्की कारागारको १ जना र तनहुँ कारागारका २ जना सहित ४७ जना पक्राउ परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*