द्रुतमार्ग आयोजनाको काम लक्षित समयावधिमा सम्पन्न गर्न रक्षामन्त्री राईको निर्देशन

स्वर्णिम खबर
४ भाद्र २०८२, बुधबार १८:१४

४ भाद्र, हेटौँडा । रक्षामन्त्री मानवीर राईले काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाको काम लक्षित समयावधिमा सक्न सम्बन्धित सबैलाई निर्देशन दिनुभएको छ ।
रक्षा मन्त्रालयको आर्थिक गत आर्थिक वर्षको प्रगति समिक्षा तथा मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री राईले उक्त आयोजनालाई समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई निर्देशन दिनुभएको हो ।
उहाँले आर्थिक वर्ष २०८१÷८२ मा दु्रतमार्गको प्रगति अघिल्लो वर्षको लक्ष्यको तुलनामा ६७ प्रतिशतले वृद्धि भएको उल्लख गर्नुभयो । उहाँका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा आयोजनाको समष्टिगत प्रगति ४२.१३ प्रतिशत रहेको छ । काठमाडौं–तराई–मधेश दु्रतमार्ग निर्माणका लागि २०८३ साल चैत्र मसान्तसम्मको समयावधी तोकिएको छ । मन्त्री राईले रक्षा मन्त्रालयमार्फत नेपाली सेनाले गरिरहेका निर्माण कार्यको प्रगति सन्तोषजनक रहेको समेत दाबी गर्नुभयो ।
मन्त्री राईले कतिपय निर्माण आयोजनाहरुमा विनियोजित बजेटको सिमितताले नेपाली सेनालाई आयोजना सम्पन्न गर्न लामो समय लाग्ने देखिएको बताउनुभयो । सेनाद्वारा सञ्चालित अन्य विकास निर्माणका कार्यहरुमा लक्ष्यअनुसार प्रगति देखिएको समेत उहाँले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*