कार्यबहाक मुख्यमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई प्रदान
२५ असार, हेटौँडा । बागमती प्रदेशको कृषि तथा पशुपन्क्षी विकास मन्त्री प्रकाश श्रेष्ठलाई कार्यबहाक मुख्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको छ ।
मुख्यमन्त्री बहादुरसिंह लामा केही दिनका लागि बेलायत जाने भएपछि मुख्यमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिइएको हो । मुख्यमन्त्री लामाको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मन्त्री श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्री तोक्नुभएको हो ।
मुख्यमन्त्री लामा बेलायतमा रहने क्रममा छोरीको दीक्षान्त समारोहमा सहभागी हुनुहुनेछ । त्यस्तै, धादिङ–नुवाकोट समाज र तामाङ समुदायद्वारा आयोजित विभिन्न औपचारिक कार्यक्रमहरूमा समेत सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।
श्रेष्ठले मुख्यमन्त्री लामा बाहिर रहेको अवधि भर प्रदेश सरकारको नेतृत्व गर्नुहुनेछ । असार २५ गतेदेखि लागू हुने यो निर्णय अनुसार उहाँले कार्यवाहक मुख्यमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्नु हुनेछ ।













