विपद् पछिको पुनःस्थापना र पुनःनिर्माणमा तत्काल केन्द्र सरकारले काम गर्नुपर्छः मन्त्री लामिछाने

स्वर्णिम खबर
२४ असार २०८२, मंगलवार १७:५४

२४ असार, हेटौँडा । बागमती प्रदेश का आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश विपद् कोषमा तत्काल रकम पठाएर विपद् पछिको पुनःस्थापना र पुनःनिर्माणमा तत्काल केन्द्र सरकारले काम गर्नुपर्ने बतउनुभएको छ ।
मंगलवार धुलिखेलमा सम्पन्न वागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी–२०८२ पछि उहाँले यस्तो बताउनुभएको हो । यद्यपि रसुवामा आएको भीषण बाढीका कारण बैठक पूर्णरूपमा सञ्चालन हुन सकेन । चिलिमे क्षेत्रमा गएको बाढीमा १८ जना बेपत्ता भएका छन् । जसमा सुरक्षाकर्मी समेत छन् । खोला थुनिएको अवस्था पनि देखिएको समितिको प्रारम्भिक रिपोर्टले जनाएको छ ।
गोष्ठी समापनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले तत्काल प्रदेश विपद् कोषमा रकम पठाएर पुनःस्थापना र पुनःनिर्माणमा केन्द्र सरकारले जिम्मेवारीपूर्वक अगाडि बढ्नुपर्ने बताउनु भयो । प्रदेश सरकार आफैँले सिमित स्रोतसाधनमै उद्धार प्रयास गरिरहेको उहाँको भनाइ छ । दीर्घकालीन पुनर्निर्माणका लागि केन्द्रको सक्रियता अपरिहार्य रहेको बताउनु भयो ।
गोष्ठीमा सुरक्षा निकायका केन्द्रिय प्रमुखहरू, विपद् जोखिम न्युनिकरण प्राधिकरणका कार्यकारी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी, नेपाली सेना, प्रदेश प्रहरी, १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख तथा गृह मन्त्रालयअन्तर्गतका विभिन्न शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*