६५ जनाको विपद् प्रतिकार्य द्रुत टोली बनाउँदै एमाले मकवानपुर

स्वर्णिम खबर
१२ असार २०८२, बिहीबार २०:०७

१२ असार, हेटौँडा । नेकपा एमाले मकवानपुरले विपद्को समयमा नागरिकको सुरक्षाका लागि खटिन विपद् प्रतिकार्य द्रुत टोली निर्माण गर्ने भएको छ ।
एमाले मकवानपुरको जिल्ला विपद् व्यवस्थापन तथा स्वयंमसेवक विभाग, वन तथा वातावरण विभाग, स्वास्थ्य बिभाग तथा जनसंगठन समन्वय संयन्त्रको बिहिबार पार्टी कार्यालयमा बसेको संयुक्त बैठकले जिल्लास्तरीय विपद् प्रतिकार्य द्रुत टोली (स्वंमसेवक दस्ता) बनाउने निर्णय गरेको हो ।
जिल्ला विपद् विभागका प्रमुख शिवहरि दाहालको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर पार्टी इञ्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यता, पार्टी जिल्ला सचिव सिता विष्ट, उपसचिव आरती पाठक,जनसंगठन समन्वय संयन्त्रका प्रमुख सन्तोश पौडेल, उपप्रमुख मिलन पाठक, पार्टी जिल्ला सदस्यहरु पन्चमाया स्याङ्गतान तथा आकाश अधिकारीलगायतको आतिथ्यतामा बसेको बैठकले ६५ जनाको जिल्लास्तरको द्रुत टोली बनाउने निर्णय गरेको हो ।


बैठकले जिल्लाका १० वटै स्थानीय तहमा पालिकास्तरको विपद् प्रतिकार्य टोली बनाउने योजना पनि बनाएको छ । विभाग प्रमुख दाहालका अनुसार जिल्लास्तरको र गाउँगाउँमा निर्माण गरिने प्रतिकार्य टोलीले विपद्को पूर्वानुमान गरेर पूर्वतयारी वा विपद्ले समस्या बनाएको स्थानमा पुगेर नागरिकको जीवन रक्षा र भौतिक संरचनाको सुरक्षाको दृष्टिकोणले सरकारी निकायहरुसङ्ग समन्वय गरि काम गर्नेछ । विपद् प्रतिकार्य टोली निर्माणका लागि विभागले विपद् प्रतिकार्य सम्बन्धी तालिम आयोजना गर्दैछ ।
‘हरेक पालिकामा एमालेले विपद् प्रतिकार्य टोली बनाउनेछ । जिल्लाको टोली भन्दा गाउँको टोली प्रभावित क्षेत्रमा तत्काल पुग्ने भएकाले गाउँगाउँमै विपद् प्रतिकार्यको लागि समूह तयार बनाउन लागिएको हो ।’ विभाग प्रमुख दाहालले भन्नुभयो, ‘एमाले मकवानपुर नागरिकको सुरक्षामा संवेदनशील भएर अघि बढेको छ ।,’


बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, उद्धार तथा राहत वितरण कार्यमा पार्टी पङ्क्तिलाई परिचालित गर्नेको लागि आवश्यक योजना निर्माण गरिएको बताउनुभयो । उहाँले सरदरभन्दा यस वर्ष बढी वर्षा हुने अनुमान गरिएको सन्दर्भलाई दृष्टिगत गरी आवश्यक कार्ययोजनासहित सम्भावित विपद् व्यवस्थापनमा पार्टी पङ्क्तिलाई परिचालन गर्न लागेको बताउनुभयो ।
बैठकमा जिल्ला बिपद ब्यबस्थापन विभागका सचिब सुरेश बेरोजगार, बन तथा बाताबरण बिभागका सचिब कृष्ण बिडारी, स्वास्थ्य बिभागका सचिब उमेश अधिकारी, जनसंगठन समन्वय संयन्त्रका उपप्रमुख मिलन पाठक तथा नेकपा एमाले मकवानपुरका जिल्ला सदस्य आकाश अधिकारीले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*