योगले आत्मानुशासन र सह अस्तित्वको बाटो सिकाउँछः प्रदेश प्रमुख देवकोटा

स्वर्णिम खबर
७ असार २०८२, शनिबार ०७:४१

७ असार, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले योगले आत्मानुशासन र सह अस्तित्वको बाटो सिकाउने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय योग दिवस २०२४ (जुन २१) को अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले आजको व्यस्त जीवनशैलीमा मानिस तनाव, चिन्ता र रोगहरूले ग्रस्त भइरहेको अवस्थामा योग नै शान्त, निरोगी र सुदृढ बनाउने अमूल्य साधन भएको बताउनुभयो । योगलाई केवल व्यायाम नभई एक समग्र जीवनदर्शन भएको उहाँको भनाई छ ।
उहाँको सन्देशमा भनिएको छ, “पूर्वीय सभ्यताले व्यक्तिको शारीरिक, मानसिक, सामाजिक, बौद्धिक र संवेगात्मक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न योगाभ्यासलाई आत्मसात ग¥यो ।
योगको चमत्कारिक प्रभावलाई पश्चिमी जगत् लगायत समग्र विश्वले अवलम्बन गरेको उहाँले जिकिर गर्नुभयो ।
प्रदेश प्रमुख देवकोटाले दैनिक केही समय योगाभ्यासमा समर्पित हुन पनि शुभकामना सन्देश मार्फत् आह्वान गर्नुभएको छ ।
प्रदेश प्रमुख देवकोटाले योगलाई नेपालको गौरवपूर्ण सभ्यता र सनातन परम्पराले दिएको अनुपम उपहारको रूपमा चित्रण समेत गर्नुभयो गर्नुभएको छ । उहाँले योग आज विश्वभर स्वीकारिएको जीवनपद्धति बनेको र हरेक वर्ष जुन २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाइनु यसैको सम्मान भएको बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*