गृह मन्त्रालयको आदेश भन्दै प्रजिअले पत्रकारलाई भिडियो खिच्न दिएन, प्रेस युनियनले निकाल्यो विज्ञप्ति

स्वर्णिम खबर
६ असार २०८२, शुक्रबार १६:२८

६ असार, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा समाचार संकलन गर्न रोकेको विषयमा प्रेस युनियन मकवानपुरले घोर भत्सना गरेको छ ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै युनियनले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन आग्रह गरेको छ ।
प्रशासन कार्यालय मकवानपुरमा शुक्रबार हेटौंडाका जनप्रतिनिधि माथि भएको घटना, नेपाली कांग्रेसको ध्यानाकर्षण, रास्वपाको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलन गर्न पुगेका नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष भावना रिजाल (नेपाल टेलिभिजन), कार्यसमिति सदस्यद्वय गणेश दुलाल (रातोपाटी डटकम), मनिल महत्तो (टिम टिभी) लगायतका पत्रकारलाई कार्यालयमा छिर्न, गृहमन्त्रालयको आदेश भन्दै भिडियो खिच्न नदिएको घटना प्रति प्रेस युनियन मकवानपुरको ध्यानाकर्षण भएको प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीले जानकारी दिए । उनका अनुसार समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई रोक्ने, भिडियो छायंकन गर्न नदिने÷बाधा पु¥याउने जस्ता प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी क्रियाकलाप हो ।
‘सार्वजनिक पद धारण गरेर नागरिकका सरोकारका विषयमा पत्रकार÷संचारकर्मीहरुलाई विभिन्न बहाना गर्दै कर्तव्य पालनामा रोक्नु नेपालको संविधान र संचार ऐन विरुद्धको गतिविधि रहेको प्रेस युनियन मकवानपुरको ठम्याइ छ ।’ विज्ञप्तीमा उल्लेख छ, ‘नेपालको संविधान २०७२ को धारा १७ (२) (क), १९, २७ र ३५ (४) ले सञ्चारकर्मीलाई अभिव्यक्ति स्वतन्त्रता, सूचना प्राप्तिको अधिकार र निष्पक्ष प्रेसको प्रत्याभूति गरेको छ । साथै सञ्चारकर्मी सुरक्षा नीति, २०७३ र फौजदारी संहिता, २०७४ का प्रावधानले पेशागत काममा अवरोध पु¥याउने जस्ता क्रियाकलापलाई स्पष्ट रूपमा दण्डनीय मानेका छन् ।’
प्रमुख जिल्ला अधिकारीलाई पत्रकारहरुको पेशागत मर्यादा, सरक्षा प्रत्याभुत हुने गरी कार्य सम्पादन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन अध्यक्ष विडारीले आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*