जनप्रतिनिधिको मनोबल गिराउने काम भयोः हेटौंडा उपमहानगरपालिका

स्वर्णिम खबर
४ असार २०८२, बुधबार १९:२७

४ असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष सविन न्यौपाने माथि भएको संघातिक आक्रमणप्रति हेटौँडा उपमहानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार दिउँसो वडाध्यक्षको कार्यकक्षमा पसेको समुहले शारीरिक रूपमा आक्रमण गर्नुका साथै दुई थान मोबाइल समेत लुटपाट गरेको थियो । घटनापछि हेटौंडा उपमहानगरपालिकाले पत्रकार सम्मेलन गर्दै यस्ता आपराधिक गतिविधिको भत्र्सना गरेको छ । उपमहानगरले संघीय, प्रदेश र स्थानीय तहमा रहेको कानूनी संरचनाको परिधिमा रही दोषीमाथि कारबाही हुनुपर्नेमा जोड दिएको छ । यस किसिमको घटनाले जनप्रतिनिधिको मनोबलमा समेत गिरावट आउने नगर प्रमुख मिना लामाले बताउनुभयो । लुकिछिपी आक्रमण गर्नु कुनै राजनीतिक गतिविधि नभई अराजक गतिविधि भएको वडा अध्यक्ष न्यौपानेले बताउनुभयो ।
आक्रमणमा संलग्न समूहलाई यथाशिघ्र पहिचान गरी कानूनी दायरामा ल्याउन, पत्रकारिताको आडमा गरिने यस्ता गतिविधिमा समेत नियन्त्रण गर्न र संलग्न पक्षविरुद्ध प्रचलित ऐनअनुसार कारबाही गर्न उपमहानगरले आग्रह गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*