नेपालमै पहिलो पटक सुपरफाष्ट चार्जिङ स्टेशन सञ्चालन

स्वर्णिम खबर
२६ जेष्ठ २०८२, आईतवार १७:४५

२५ जेठ, हेटौँडा । बिद्युत उपकरण ट्रान्सर्फमर उत्पादन गर्दै आएको ‘निक’ ले नेपालमै पहिलो पटक सुपरफाष्ट चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ ।
हेटौंडा ११ मा रहेको चार्जिङ स्टेशनको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गर्नुभएको हो ।
चाइनाको प्रतिष्ठित कम्पनी हुवाबेसँगको सहकार्यमा निकले ४ सय किलोवाटको स्टेशन सञ्चालनमा ल्याएको हो । न्युनतम इन्धन सवारीलाई पम्पमा लाग्ने समयमै चार्ज गर्न सकिने गरी सञ्चालनमा आएको स्टेशनबाट ५ देखी १५ मिनेट मित्र सवारी फुल चार्ज हुने गाडी चार्जिङ स्टेशनका प्रमुख प्रेशा श्रेष्ठले जानकारी दिनुभयो । करिब ११ महिनाको लामो प्रयास पछि हरीत नगरी हेटौंडामा वातावरण मैत्री सेवा सञ्चालनमा ल्याउन सकेको उहाँले बताउनुभयो । स्टेशनमा ५ वटा प्वाईट मार्फत सवारी चार्ज गर्न सकिने व्यवस्था गरिएको छ ।
स्टेशनको उद्घाटन गदै मुख्यमन्त्री लामाले पहिलो पटक नयाँ ढंगबाट सञ्चालनमा आएको स्टेशनलाई प्रदेशभरी लैजान जरुरी रहेको बताउनुभयो । उहाँले बाताबरण संरक्षणको लागि इलेक्ट्रोनिक चार्जिङ स्टेशन जरुरी रहेको भन्दै सेवा बिस्तारमा लाग्न सुझाब दिनुभयो । मुख्यमन्त्री लामाले नयाँ टेक्नोलोजी नेपालमा ल्याएको हुवाबेलाई उता रहेको ज्ञानलाई नेपाली बजारमा ल्याउदै सहकार्यको वातावरण बनाउन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले हेटौंडाको पहिचानको रुपमा रहेको हरीत हेटौंडालाई थप सुन्दर बनाउन चार्ज स्टेशनले मद्दत पुग्ने बताउनुभयो । धुवाँ धुलोबाट सुरक्षित रहँदै प्रदेशको राजधानी शहरको वाताबरणलाई सफा राख्न सकिने उहाँको भनाई थियो ।
स्टेशनमा बिद्युत आपुर्ति बन्द हुन नदिनका लागि २४०÷२२० केभीको सोलारको पनी व्यवस्थापन गरेको बताइएको छ । निकले हरीत हेटौंडा मैत्री उत्पादन प्रकृयामा ध्यान दिँदै कामलाई अघि बढाएको जनाएको छ । गाडी चार्जसँगको समन्वयमा पहिलो पटक ल्याएको प्रबिधिलाई बिस्तार गरीने कम्पनीले जानकारी दिएको छ । स्टेशनको उद्घाटनसँगै हरेक चार्जिङ प्वाइनट नजिकै हरियो शहरको रुपमा बिरुवा रोपिएको छ ।
निकका प्रबन्ध निर्देशक कुशकुमार जोशीको अध्यक्षतामा भएको कार्यक्रममा हुवाबे नेपालका प्रमुख जेम्स, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, ब्रिटिस एम्बेशीका प्रतिनिधी रेशा प्रिया, उद्योग परिसंघ बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल लगाएतको आतिथ्यता थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*