समाजलाई शिक्षित बनाउन चलचित्रको भुमिका अहम्ः मन्त्री खड्का

स्वर्णिम खबर
४ जेष्ठ २०८२, शनिबार १७:३७

३ जेठ, हेटौँडा । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिचाई मन्त्री श्यामबहादुर खड्काले समाजलाई शिक्षित बनाउन चलचित्रको अहम् भुमिका रहेको बताउनुभएको छ ।
चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघ मकवानपुरले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै मन्त्री खड्काले समाजमा दबिएका आवाजहरुलाई चलचित्रले पर्दा मार्फत् उजागर गरेको बताउनुभयो ।
चलचित्रले मनोरञ्जन मात्र नभई शिक्षा दिने मध्यम पनि बन्नुपर्ने उहाँको भनाई छ । मन्त्री खड्काले अहिल नेपाली समाज विदेशी चलचित्रप्रति बढी आकर्षित भएको बताउनुभयो । त्यसलाई चिर्न नेपालमा पनि उत्कृष्ट चलचित्र बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
मन्त्री खड्काले चलचित्र क्षेत्रको विकास र विस्तारको लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*