हेटौंडा सिमेन्ट उद्योगलाई निजीकरण गर्ने निर्णयको माओवादी केन्द्रद्वारा विरोध

स्वर्णिम खबर
२५ बैशाख २०८२, बिहीबार १६:०१

२५ वैशाख, हेटौँडा । हेटौंडा सिमेन्ट उद्योगलाई निजीकरण गर्ने निर्णयको विरोध गर्दै नेकपा (माओवादी केन्द्र्र) मकवानपुरले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
बिहिबार प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ मार्फत् माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग लगायतका उद्योगहरु पुनः सञ्चालनको माग भइरहेको सन्दर्भमा चालु अवस्थामा रहेको हेटौंडा सिमेन्ट उद्योगलाई निजीकरण गर्न खोज्नु खेदजनक भएको माओवादी केन्द्रको ठहर छ ।
पार्टीका केन्द्रिय एवम् जिल्ला इन्चार्ज बिजय गौतम र जिल्ला संयोजक भीम पाख्रिनद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा वर्तमान सरकार जनता र राष्ट्रको पक्षमा भन्दा पनि विचौलियाहरुको हितमा सक्रिय रहेको उल्लेख गरिएको छ ।
सरकारको यस किसिमको कुनियत र कुप्रयासको भत्र्सना गर्दै संरचनागत, प्रविधिगत र प्रशासनिक रुपमा आवश्यक सुधार गरी उद्योग सञ्चालनको प्रबन्ध गर्न माग गरिएको छ ।
व्यवस्थापनको चरम लार्पावाही र कमिसनमुखी प्रवृत्तिकै कारण हेटौंडा सिमेन्ट उद्योग जर्जर अवस्थामा पुगेको केन्द्रिय सदस्य गौतमले बताउनुभयो ।
‘निजी उद्योगहरुले सिन्डिकेटको तरिकारले सिमेन्टको मुल्य अस्वाभाविक रुपमा प्रति बोरा दुई सय रुपैंया भन्दा बढी बढाउँदा समेत वर्तमान सरकार मुकदर्शक मात्र बनिरहेको अवस्था छ । ’ उहाँले भन्नुभयो , ‘ सरकारी उद्योग हुँदा समेत निजी क्षेत्रको यो स्तरको दादागिरी सतहमा आएको छ । ’ सरकारको यस किसिमको गतिविधि समाजवाद उन्मुख राज्य प्रणालीको बाटो नभएको उहाँको भनाई छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जतिसक्दो छिटो ज्ञापनपत्रलाई प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ज्ञापनपत्र बुझाउनु अघि मानसचोकबाट जिल्ला प्रशासन कार्यालयसम्म विरोध ¥याली समेत निकालिएको थियो ।
संघीय सरकारले वैशाख १५ गतेको मन्त्रिपरिषद् बैठकबाटै जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट उद्योग, हेटौँडा सिमेन्ट उद्योग, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना र नेपाल ओरियन्ड म्याग्नेसाइटलाई निजीकरण गर्ने निर्णय गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*