गभर्नर नियुक्तिमा समस्या छैनः सभापति देउवा

स्वर्णिम खबर
२३ बैशाख २०८२, मंगलवार १८:०४

२३ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण राष्ट्र बैंकको गभर्नर नियुक्तिमा समस्या नभएको स्पष्ट पार्नुभएको छ ।
मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले राष्ट्र बैंक भित्रकै समस्याको कारण गभर्नर नियुक्तिमा ढिलाई भएको बताउनुभयो ।
उहाँले प्रधानमन्त्री ओली गभर्नर काँग्रेसलाई दिने पक्षमा रहेको समेत जिकिर गर्नुभयो । उहाँले सत्ता गठबन्धमा समेत कुनै समस्या नभएको दाबी गर्नुभएको छ । उहाँले वर्तमान निर्वाचन प्रणालीमा कुनैपनि पार्टीको एकल बहुमत आउन गाह्रो रहेको समेत बताउनु भयो ।
वर्तमान सरकारले विकास निर्माणका क्षेत्रमा निजी क्षेत्रलाई समेत सँगै लैजाने नीतिअनुरुप अध्यादेशमार्फत ऐन निर्माण गरेको सभापति देउवाको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*