प्रेस स्वतन्त्रताको सम्मानमा प्रतिबद्ध छुः नगर प्रमुख लामा

७ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले प्रेस स्वतन्त्रताको सम्मानमा आफू प्रतिबद्ध रहेको दोहो¥याउनुभएको छ ।
सामाजिक सञ्जाल माफत् स्पष्टीकरण दिदै नगर प्रमुख लामाले उपमहानगरपालिका सधैं प्रेस स्वतन्त्रताको सम्मान गर्दै अघि बढ्ने बताउनुभयो । नगर प्रमुख हुनुको नाताले आफू प्रेस स्वतन्त्रता र सञ्चारकर्मी प्रतिको आदर भावमा अटल रहेको उहाँद्धारा लिखित धारणामा जनाइएको छ ।
केही दिन अघि सञ्चार माध्यमबाट आफूले दिएको अभिव्यक्ति प्रेस जगतलाई चोट पु¥याउने मनसायले नभई परिस्थितिजन्य घटनाका रुपमा बुझिदिनुहुन उहाँल सञ्चारकर्मीहरूमा अनुरोध समेत गर्नुभएको छ ।
आगामी दिनमा पनि प्रेस र उपमहानगरपालिकाबीचको सम्बन्ध विगत झैं प्रगाढ रहिरहने उहाँको विश्वास रहेको छ । आइतबार बिहान भएको पत्रकार महासंघका पदाधिकारीसँगको भेटमा पनि नगरप्रमुख लामाले आफूले प्रेस जगत प्रति कहिल्यै दुर्भावना नराखेको बताउनुभयो ।