विद्युतीय गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु

स्वर्णिम खबर
५ बैशाख २०८२, शुक्रबार ०९:३८

५ वैशाख, हेटौँडा । विद्युतीय गाडी दुर्घटना हुँदा मकवानपुरमा २ जनाको मृत्यु भएको छ । यस्तै १४ जना घाइते भएका छन् ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धरमपानीस्थित कान्तिलोक पथ सडक खण्डमा शुक्रबार राति १ बजेको इभी गाडी दुर्घटना हुँदा २ जना महिलाको मृत्यु भएको हो ।
मृत्युु हुनेमा सर्लाहीको बागमती नगरपालिका– ७ की १३ वर्षीया मानुसी मगर र को रौतहट दुर्गा भवानिपुर गाउँपालिका–५ की ५० वर्षीया निलम देवी राउत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो । मगरको घटनास्थलमा र राउतको उपचारको क्रममा मृत्यु भएको हो ।
काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ७०७२ नम्बरको यात्रुबाहक इभी माइक्रो गाडी सडकबाट करिव २०० मिटर तल खसेको थियो । गाडीमा चालकसहित १६ जना सवार रहेको प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।
दुर्घटनामा रौतहट दुर्गा भवानिपुर– ५ बस्ने वर्ष ५५ को राम प्रकाश राउत, सर्लाही बरहथहवा– ८ बस्ने वर्ष ५२ को शिवशंकर राय, सोही स्थान बस्ने वर्ष ४५ की रिकिदेवी राय, बरहथवा–९ बस्ने वर्ष २७ को मनोज राय घाइते भएका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै सर्लाही हरिहरपुर–१ बस्ने वर्ष २७ को नवराज मगर, सोही स्थान बस्ने वर्ष १६ की प्रियंका मगर, वर्ष १५ को सृजन मगर, वर्ष ४० की जमुना मगर, वर्ष १९ को सुदिप रिसाल, विष्णुपुर–३ मधुवनगोठ बस्ने वर्ष २७ को देवराज कुमार साह, सोही स्थान बस्ने वर्ष ४२ की किसुनव्रर्ती साह, बागमती–७ बस्ने वर्ष १६ की युनिका दर्लामी मगर, महोत्तरी गौशाला–५ बस्ने वर्ष १६ को आदित्य छोरचंगी मगर घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरु सबैको मकवानपुर सहकारी अस्पतालमा उपचारत रहेका छन् । गाडीमा यात्रु संख्या क्षमताभन्दा बढी रहेको र सडकबाट गाडी अनियन्त्रित भई खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*