राक्सिराङ गाउँपालिकाका सबै वडामा विजुली बिस्तार

स्वर्णिम खबर
१० चैत्र २०८१, सोमबार १९:१४

११ चैत्र, हेटौँडा । चेपाङ बाहुल्यता रहेको मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिकाका सबै वडामा विजुली बिस्तार गरिएको छ ।
चेपाङलाई बिजुली कार्यक्रम अन्तर्गत गाउँपालिकाले ९ वटै वडामा विद्युत् सेवा पुराएको हो । सोमबार वडा नम्बर ९ खैराङमा आयोजित एक कार्यक्रमका बिच पालिकालाई पूर्ण वडा विद्युतीकरण घोषणा गरिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीयको घरमा रहेको विद्युत्को मिटर अन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले राक्सिराङलाई पूर्ण विद्युतीकरण गर्नका लागी ३० करोड बजेट विनियोजन गरेर कार्य अघि बढाइएको बताउनुभयो ।
विद्युतीकरण हुन बाँकी रहेको स्थानमा थप ८ करोड बजेट छुट्याइएको बताउँदै उहाँले वर्षायाम अगावै काम सक्ने गरि प्राधिकरणले कार्य गर्ने दाबी गर्नुभयो । अध्यक्ष घिसिङले दैनिक १८ घण्टाको लोडसेडिङ मुक्त गरेर अन्य देशमा बिजुली निर्यात गर्ने अवस्थामा पु्¥याएको जिकिर गर्नुभयो । प्राधिकरणले लाडसेडिङ अन्त्य गर्नुभन्दा पनि ठूलो उपलब्धी ९९ प्रतिशत जनताको घरमा विजुली बिस्तार गनलाई लिएको उहाँको धारणा थियो ।
५ हजार घरधुरी संख्या रहेको राक्सिराङका १ हजार २ सय घरमा अझै विद्युत् पहुँच पुराउन बाँकी रहेको पालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । यसका लागी प्राधिकरणलाई अनुरोध गरिसकेको उहाँले बताउनुभयो ।
उक्त अवसरमा विपन्न चेपाङलाई विद्युत् मिटर समेत प्रदान गरिएको थियो । २०७६÷०७७ सालदेखि चेपाङलाई बिजुली कार्यक्रम ल्याइएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*