इन्द्रसरोवरको पर्यटनको सम्भाव्यता, भौतिक पूर्वाधार विकास र समस्या विषयमा छलफल

स्वर्णिम खबर
२३ फाल्गुन २०८१, शुक्रबार १५:५७

२३ फागुन, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले इन्द्रसरोवर गाउँपालिकाको पर्यटनको सम्भाव्यता, भौतिक पूर्वाधार विकास र समस्या विषयमा पालिकासँग छलफल गरेको छ ।
कार्यसमिति बैठकको शिलशिलामा इन्द्रसरोवर पुगेको महासंघ कार्यसमितिले शुक्रबार पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरेको हो । छलफलका क्रममा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउनुभयो ।
संघीय राजधानी र प्रदेश राजधानी जोड्ने ४ वटै सडक सञ्जालले इन्द्रसरोवरलाई छोएको बताउँदै ती सडक निर्माण कार्य समयमै सम्पन्न हुनुपर्नेमा उहाँले जोड दिनुभयो । संघीय र प्रदेश सरकारले प्रदान गर्ने समपुरक बजेटमा लगानी गनुपर्ने र पालिकाको बलियो आयश्रोत नुहँदा साढे ८ करोड बजेट घाटामा पालिका रहेको उहाँले बताउनुभयो ।
पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले जनप्रतिनिधि आएपछि स्थानीय तहमा विकास निर्माणले गति लिएको बताउनुभयो । स्थानीय तहले पत्रकार महासंघसँग समन्वय र सहकार्य गर्नुपर्नेमा उहाँको जोड थियो । अध्यक्ष अधिकारीले सरकारले गरेका राम्रा कामहरुलाई जनता माझ लैजाने र जनप्रतिनिधिलाई पनि जनताप्रति उत्तरदायी बनाउने भुमिकालाई महासंघले सन्तुलित रुपमा अगडि बढाउने उल्लेख गरेका छन् ।
छलफलमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाको पनि सहभागिता रहेको थियो । महासंघले पालिकाबाट सर्वसाधारणले पाइरहेको सेवा सुविधा लयागतका विषयमा पनि चासो लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*