समावेशी महिला नेतृत्वः अवसर र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्वर्णिम खबर
२१ फाल्गुन २०८१, बुधबार १८:५२

२१ फागुन, हेटौँडा । १ सय १५ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा समावेशी महिला नेतृत्वः अवसर र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
बागमती प्रदेश सभाका उपसभाम्ख अप्सरा चापागाईँको प्रमुख आतिथ्यतामा राष्ट्रिय अपांग महासंघ बागमति प्रदेश र गैर सरकारी संस्था मकवानपुरको संयुक्त आयोजनामा बुधबार कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै उपसभामुख चापागाईँले राज्यका सबै निकायमा महिला सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।
संविधान र कानूनमा उल्लेख भए बमोजिम कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका लगायत सबै क्षेत्रमा महिलाको न्यायोचित समावेशीकरण हुनुपर्ने उहाँले बताउनुभयो । उपसभामुख चापागाईँले पुरुषले भन्दा महिलाले जिम्मेवार र जवाफदेही भएर कार्यसम्पादन गर्ने धारणा राख्नुभयो ।
उपसभामुख चापागाईँले विगतका दिनको भन्दा अहिले महिलाको अवस्थामा परिवर्तन आएको बताउँदै राजनीतिक र प्रशासनिक क्षेत्रमा महिलाको उपस्थिती बढ्दो रहेको उल्लेख गर्नुभयो । नेपालका ७ प्रदेशमा ३ सय १६ महिला सांसदले भूमिका निर्वाह गरिरहेको उहाँको भनाई छ । यद्यपी महिला सांसदलाई संकुचित दृष्टिकोणमा हेर्ने गरेको गुनासो भने आउने उहाँले बताउनुभयो ।
कार्यक्रममा अधिवक्ता अप्सरा बस्नेतले समावेशी महिला नेतृत्व अवसर र चूनौति विषययक कार्यपत्र प्रस्तूत गर्नुभएको थियो । कार्यपत्र माथि जिल्ला समन्वय अधिकारी शान्ति विश्वकर्मा, मानवअधिकार आयोग बागमती प्रदेश प्रमुख पवन भट्ट, हेटौंडा उपमहानगरपालिका महिला, बालकालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने, लगायतले धारणा राखेका थिए । गैसस मकवानपुरकी अध्यक्ष रमिला सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*