लिखित प्रतिबद्धता विपरित श्रमिकलाई निश्काशन गरेपछि एन्टारटिक बिस्कुटका कर्मचारी आन्दोलित

मनिल महतो
५ फाल्गुन २०८१, सोमबार १२:४९

५ फागुन, हेटौँडा । हेटौंडा औद्योगिक क्षेत्रस्थित एन्टारटिक बिस्कुट प्रा.लिले ९७ श्रमिकलाई निष्काशन गरेपछि उद्योगमा चरणबद्ध आन्दोलन सुरु भएको छ ।
परिक्षण अबधि सकीएका श्रमिकलाई श्रम ऐन बमोजिम स्थायी नियुक्ती गर्ने सहमती गरेको उद्योगले आफ्नै लिखीत प्रतिबद्धता विपरित श्रमिकलाई निश्काशन गरेपछि यहाँ कार्यरत श्रमिकले चरणबद्द आन्दोलन सुरु गरेका हुन् । फागुन १ गते देखि जारी आन्दोलनलाई श्रमिकहरुले थप चर्काउने चेतावनी दिएका छन् । व्यवस्थापन पक्षले गैरकानुनी तवरले अनुचित श्रम अभ्यास गरेको श्रमिकहरुको आरोप रहेको छ । उद्योग व्यवस्थापकले गलत मनसाय राखेर आफुहरुलाई निष्काशन गरेको उनीहरुको भनाई छ ।


श्रम ऐन विपरित आन्दोलनको नेतृत्व गर्ने मजदुर नेतालाई अनावश्यक लान्छाना लगाई निश्कासन गर्नु अनुचित श्रम अभ्यास भएकोे निष्कर्ष निकाल्दै नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले उद्योग प्रशासनलाई गलत अभ्यास सच्याउन आग्रह गरेको छ । ५ बर्ष सेवा गरिसकेका मजदुरलाई गैरकानुनी सम्झौता गरेर उद्योग प्रशासनले नयाँ सम्झौताका नाममा परिक्षण अवधिमा निष्काशन गर्ने योजना बनाएको भन्दै जिफन्टले बिरोध जनाएको जिफन्टका बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले बताउनुभयो ।


यता उद्योगका मानव संशाधन प्रबन्धक विवश अर्यालले भने कर्मचारीहरुलाई निष्काशन नगरेको दाबी गर्नुभयो । आन्दोलित कर्मचारीहरुलाई करार अविधि नवीकरण गर्ने प्रक्रियामा आएर काम सुचारु गर्न प्रशासनले आग्रह गरेको छ ।
श्रमिकहरुको आन्दोलनमा समग्र उद्योग ट्रेड युनियन नेपाल जिल्ला समन्वय कमिटी मकवानपुर, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, क्यपेक नेपाल लगायतले पनि ऐक्यबद्धता जनाएका छन् । उद्योगमा हाल ४ सय भन्दा कर्मचारीहरु कार्यरत छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*