साना÷ठुला सबैखाले भ्रष्टाचारी माछाहरुलाई अख्तियारले कारवाही गर्न सक्नुपर्छः प्रदेश प्रमुख देवकोटा

मनिल महतो
२८ माघ २०८१, सोमबार १२:२९

२८ माघ, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले साना÷ठुला सबैखाले भ्रष्टाचारी माछाहरुलाई अख्तियारले कारवाही गर्न सक्नुपर्ने बताउनुभएको छ ।
ठुला र संस्थागत भ्रष्टाचारका मुद्दाहरूमा अख्तियारले हातहाल्न हिचकिचाउछ भन्ने आरोपहरुलाइ खण्डन गरेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा हेटौंडा स्थित कार्यालयले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै प्रदेश प्रमुख देवकोटाले बेईमानीका बिरुद्धको कदमचाल्ने कुरामा खुट्टा नकमाउन पनि आग्रह गर्नुभयो ।
जनताको निराशा चिर्दै भ्रष्टाचारको बिरुद्ध खरो उत्रीएर जनताको बिश्वास जित्नसक्नुपर्ने उहाँको भनाई छ । आफ्नो अख्तियारीलाई दुरूपयोग गरी देश, जनता र सुशासनको बिरूद्व नैतिकता र कानुनबिपरित जाने जो कोहिलाई सुक्ष्म अनुसन्धान र निष्पक्ष कारवाही प्रकृयामा अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।


यसैगरी कार्यक्रममा बोल्नुहुँदै आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले देश विकासको आधारनै भ्रष्टचार रहित सरकार भएको बताउनुभयो । भ्रष्टचारको अंक दिनप्रतिदिन बढिरहेकोले यसको अन्त्य गर्ने जिम्मेवारी अख्तियारको मात्र नभई सम्पूर्ण नागरिक समाज, निजी क्षेत्रको समेत भएको उहाँको भनाई छ ।
मन्त्री लामिछानेले प्रदेश सरकार न्याय प्रणालीको सुदृढीकरण र प्रशासनिक क्षेत्रमा सुधारको लागि अघि बढिरहेको दाबी गर्नुभयो । नीति निर्माण, बजेट व्यवस्थापन, सार्वजनिक खरिद प्रक्रियामा पारदर्शीता र निष्पक्षता कायम गर्न सरकार कटिबद्ध रहेको समेत उहाँले बताउनुभयो ।


स्थापना दिवसको अवसरमा कार्यालयले अख्तियार सेवा पुरस्कारबाट ४ जना कर्मचारीलाई नगद सहित सम्मान पनि गरेको छ । कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थ, अख्तियारका कार्यालय प्रमुख उमाकान्त आचार्य, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामा लगायतको आतिथ्यता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*