प्रेस चौतारी नेपाल मकवानपुरको अध्यक्षमा दाहाल सर्वसम्मत चयन

स्वर्णिम खबर
२० माघ २०८१, आईतवार १७:४७

२० माघ, हेटौँडा । प्रेस चौतारी नेपाल मकवानपुरको अध्यक्षमा सरिता दाहाल सर्वसम्मत चयन हुनुभएको छ ।
नवौ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा दाहाल सर्वसम्मत चयन हुनुभएको हो । यस्तै, उपाध्यक्षमा शिव चौलागाईँ र प्रतिक्षा न्यौपाने चयन हुनुभएको छ । त्यसैगरी सचिवमा नविन तिमल्सिना चयन हुँदा सहसचिवमा मनिल महतो र सुमन दाहाल, कोषाध्यक्षमा अशोक बजागाईँ चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा सानुमाया गुरुङ (निशा), सरोज पौडेल, संजिव सुनुवार, रामकुमार दानी, सुरेश गुरुङ, विनाेद सापकोटा र स्मीता अर्याल चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*