बुद्धिचाल खेलको प्रवद्र्धन प्रदेश सरकारको मुख्य प्राथमिकतामा छः मन्त्री महर्जन

स्वर्णिम खबर
१४ माघ २०८१, सोमबार १७:३३

१४ माघ, हेटौँडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले बुद्धिचाल खेलको प्रवद्र्धनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।
नेपाल बुद्धिचाल महासंघको आयोजनामा आइतबारदेखि हेटौंडामा सुरु भएको २५ औं राष्ट्रिय बुद्धिचाल तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको सोमबार उद्घाटन गर्नुहुँदै मन्त्री महर्जनले भौतिक पूर्वाधारको थोरै व्यवस्थापनबाट पनि बुद्धिचाल खेलको प्रवद्र्धन गर्न सकिने बताउनुभयो । मन्त्री महर्जनले बृद्धिचाल खेलको माध्यमबाट खेलाडीहरुले आफ्नो धैयर्तालाई बृद्धि गर्न सकिने उल्लेख गर्नुभयो । भविष्यमा लक्ष्य प्राप्ति गर्न समेत खेलले मागदर्शन प्रदान गर्ने उहाँको भनाई छ । मन्त्री महर्जनले खेल क्षेत्रको विकास र प्रवद्र्धन गरी युवाहरुलाई आकर्षित गर्न सरकार तत्पर रहेको समेत बताउनुभयो ।


यसैगरी कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले नेपालमा बुद्धिचाल खेलको प्रशस्त सम्भावना भएपनि प्राथमिकतामा पर्न नसकेको बताउनुभयो । महासंघको पूर्व अध्यक्ष समेत रहनुभएका उहाँले विगतमा खेलकुद पदाधिकारीहरुले पनि बुद्धिचाललाई खेल नमान्ने गरेको गुनासो गर्नुभयो ।
राउण्ड रोबिनको आधारमा जारी प्रतियोगितामा २४ जना खेलाडीको सहभागिता रहेको छ । नेपाल बुद्धिचाल महासंघका केन्द्रिय अध्यक्ष हेराकाजी श्रेष्ठको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य रधुनाथ महर्जन, बागमती प्रदेश खेलकुद विकास समितिका बोर्ड सदस्य संगित श्रेष्ठ, प्रतियोगिताका मुख्य निर्णायक आर्बिटर यज्ञ प्रसाद पन्त लगायत बुद्धिचाल खेलाडी, सञ्चारकर्मी लगायतको उपस्थिती थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*