हेटौंडाको ३ नं. वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित

स्वर्णिम खबर
१३ माघ २०८१, आईतवार १७:४१

१३ माघ, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको ३ नम्बर वडालाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ।
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई आइतबार बालमैत्री वडा घोषणा गरिएको हो ।
३ नम्वर वडाध्यक्ष ढलकबहादुर थापाको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । नगर प्रमुख लामाले प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुहुँदै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभएको हो ।
सो अवसरमा उहाँले बालबालिकाको जग बलियो भए मात्र मानव बलियो हुने बताउनुभयो । नगर प्रमुख लामाले बालअधिकारको सुनिश्चित्त गरेर उनीहरुको जग बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
वडाध्यक्ष थापाले वडाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै ५१ वटा सूचकहरुमध्ये ४९ वटा सूचकमा शतप्रतिशत, एउटा सूचकमा ९८ प्रतिशत र एउटा सूचकमा १५ प्रतिशत नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको बताउनुभयो ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणामा सहयोग पु¥याएको भन्दै विभिन्न संघसंस्था तथा व्यक्तिलाई प्रशंसापत्र प्रदान गरिएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*